काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल सुरु भएको छ ।
चार दलसँग शुक्रबार तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि ओलीसँग छलफल गर्न लागेका हुन् । दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार पुगेका छन् । संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताएका थिए। एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा मङ्सिर १० गते टुंगो लगाएर बसेको र सोहि निर्णय अनुसार सहमति हुनुपर्ने उनको अडान छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ ।