सूचना प्रविधि

प्रधानमन्त्रीले दिए भक्तराज आचार्यलाई श्रद्धाञ्जली

प्रधानमन्त्रीले दिए भक्तराज आचार्यलाई श्रद्धाञ्जली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। […]

  • २ महिना अगाडि
भजन शिरोमणि आचार्य रहेनन्

भजन शिरोमणि आचार्य रहेनन्

नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए । भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ । उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए । आचार्यका, जहाँ […]

  • २ महिना अगाडि
‘ठेगाना आईडी’ एप सार्वजनिक, अब टेलिकमका ग्राहकले मोबाइलबाटै केवाईसी अपडेट गर्न सक्ने

‘ठेगाना आईडी’ एप सार्वजनिक, अब टेलिकमका ग्राहकले मोबाइलबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं । ठेगाना सर्भिसेसले केवाईसी अपडेट गर्न सजिलाे बनाउने ‘ठेगाना आईडी’ एप सार्वजनिक गरेको छ । बुधवार कम्पनीले आईओएस र एन्ड्रोइडका लागि एप सार्वजनिक गरेको हो ।पहिचान प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन बजारमा आएको यो कम्पनीले मोबाइलबाटै केवाईसी अपडेट गर्न मोबाइल एप सार्वजनिक गरेको ठेगाना सर्भिसेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल केसीले बताए । […]

  • २ महिना अगाडि
आईफोन अघि रहेको आई (I) को अर्थ के होला ?

आईफोन अघि रहेको आई (I) को अर्थ के होला ?

तपाईँले कहिल्यै सोच्नुभएको छ, अरू कम्पनीको मोबाइललाई फोन मात्रै भन्ने तर एप्पलको मोबाइललाई चाहिँ आईफोन किन भनिन्छ होला ? त्यति मात्र होइन, एप्पलका हरेक उत्पादन अगाडि ‘आई’ अक्षर आउँछ । जस्तो कि आईम्याक, आईप्याड, आईपड, आईक्लाउड, आईओएस यस्तै यस्तै । विगत तीन दशकमा एप्पलले सुरुमा ‘आई’ राखेर आफ्ना दुई दर्जन बढी उत्पादनको नामाकरण गरिसकेको छ […]

  • ३ महिना अगाडि
इन्डियन आईडलबाट नेपाल फर्किईन हल्दीवारीकी मेनुका पौडेल

इन्डियन आईडलबाट नेपाल फर्किईन हल्दीवारीकी मेनुका पौडेल

गायन रियालिटी शो इन्डियन आईडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन्। आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै उनी सोमबार आफ्नो गृहनगर झापा आएकी हुन्। गायिका पौडेललाई आज झापामा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। उनलाई प्रदेशसभा सदस्य छवि चुडालले स्वागत गरे। रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत […]

  • ३ महिना अगाडि
मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

हेलसिन्की (फिनल्याण्ड)। दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ । यसले संसारलाई नै सङ्कटको डिलमा पु¥याइदिएको छ । सङ्कट एकपछि अर्को गर्दै बढिरहेको छ । यस्तो […]

  • ३ महिना अगाडि
‘१२ वीं फेल’ ले जित्यो ६९औँ फिल्म फेयर अवार्ड

‘१२ वीं फेल’ ले जित्यो ६९औँ फिल्म फेयर अवार्ड

भारतमा आइतबार ‘६९औँ फिल्म फेयर अवार्ड’को घोषणा भयो । गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्ट सर्वश्रेष्ठ अभिनेत्री घोषित भइन् भने सर्वश्रेष्ठ अभिनेता रणविर कपुर बने । रणविर र आलिया श्रीमान्‌/श्रीमती हुन् । आलियालाई ‘रकी ओर रानीकी प्रेम कहानी’ चलचित्रका लागि अवार्ड दिइँदा रणविरलाई ‘एनिमल’ चलचित्रको लागि अवार्ड दिइएको हो । यसबीचमा सन् २०२३ को सर्वश्रेष्ठ […]

  • ३ महिना अगाडि
सम्मानित हुन चाहानेसँग आवेदन मागियो

सम्मानित हुन चाहानेसँग आवेदन मागियो

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि आवेदन मागेको छ । मन्त्रालयबाट आर्थिक वर्ष २०८०-०८१ मा प्रदान गरिने सो सम्मानका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, समूह तथा संघसंस्थासँग आवेदन आह्वान गरिएको हो । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातसहित एक महिनाभित्र पुरस्कारका लागि आवेदन […]

  • ४ महिना अगाडि
५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार

५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार

जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ । त्यस्तै ग्यालेक्सी ए०५एस फोन ४/१२८ जीबी र ६/१२८ जीबी भरियन्टमा उपलब्ध छ । दुवै फोनमा माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्म एक्स्टर्नल मेमोरी थप गर्ने सुविधा छ । ६.७ इन्चकाे स्क्रिन रहेकाे ग्यालेक्सी ए०५ मा ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको डेप्थ लेन्स र अगाडिपट्टि ८ मेगापिक्सेलको क्यामरा […]

  • ४ महिना अगाडि
सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ । नेपालको ‘इ–गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’ एक सयमा ५१ हाराहारीमा पुगेको […]

  • ४ महिना अगाडि
३ दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज

३ दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको हो। ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन […]

  • ५ महिना अगाडि
अबदेखि अवैध मोबाइल नेटवर्क लक

अबदेखि अवैध मोबाइल नेटवर्क लक

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक […]

  • ६ महिना अगाडि