काठमाडौं,नेकपा (एमाले) ले आज बसेको सचिवालय बैठकबाट पार्टीभित्र ठूला निर्णयहरू गर्दै तीन नेतामाथि कारबाही गरेको छ। पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निस्काशित गरिएको छ र डा. बिन्दा पाण्डे र उषाकिरण तिमल्सेना दुवैलाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ।पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै तीनैजनालाई स्पष्टीकरण मागिएको थियो। तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको […]
कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन्। शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक साँझसम्म होटल नफर्केको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए। पालिकाले पछिल्लो समय पर्यटन सूचना केन्द्र सञ्चालनको काम थालेको छ। […]
नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनमा पार्टी सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् । बन्दसत्रमा गण्डकी प्रदेश कार्यसमितिका सहित […]
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको थियो । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय […]
गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८÷७९ मा रु ४९ करोड ३५ लाख ५७ […]
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ […]
गण्डकी, २२ चैत (रासस) : गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए । चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा […]
नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले उहाँको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनिराज थापामगर, उपाध्यक्षमा दानबहादुर थापामगर, महिला उपाध्यक्षमा पवित्रा थापामगर र भाषिक उपाध्यक्षमा जगन पुनमगर रहनुभएको छ । त्यस्तै प्रमुख सचिवमामा नन्दु थापामगर, सचिवमा […]
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने […]
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभएको छ । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिनेछ भन्नुभयो । मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना […]
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राख्नुभयो । “स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा सङ्घ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण गर्नुपर्छ”, […]
कपिलवस्तुमा विश्वमै सबैभन्दा ठूलोज्ञ गौतम बुद्धको मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिनुभयो । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख […]