हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला

न्यायिक समिति : विवाद मेलमिलापको माध्यम

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:0३
न्यायिक समिति : विवाद मेलमिलापको माध्यम

काठमाडौँ । शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ । चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी सरी आएका तीन गरी १९ विवाद न्यायिक समितिमा आएकामा ती मध्ये १६ विवाद समाधान गरिएका छन् । तीन विवादको छिनोफानो हुन बाँकी छ । नगरपालिकाको न्यायिक फाँटका कर्मचारी सुरेन्द्रदेव भट्टका अनुसार समितिमा बाटो विवादका दुई, गाली बेज्जतीका तीन, जग्गा साँध सिमाना विवादका पाँच, ज्याला मजदुरीका दुई विवाद समितिमा आएका छन् । यसैगरी जग्गा मातवन्धकी खिचोलोको एक, रकम लेनदेनका चार, हक नपुग्ने जग्गा अनधिकृतरूपमा घर संरचना निर्माणको एक र सम्बन्धविच्छेदको एक विवाद समितिमा आएको छ । पक्ष र विपक्षबीच जित–जितको भावना पैदा गराई विवादको छिनोफानो गरिँदै आएको नगर उपप्रमुख कल्पना जोशी पन्तले बताउनुभयो । “स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थानुसार न्यायिक समितिमा आएका विवाद समाधान गर्दै आएका छौँ”, उहाले भन्नुभयो, “विवाद समाधानका लागि प्रत्येक वडामा मेलमिलापकर्ता सूचीकृत गराउने कार्य गरिएको छ, मेलमिलापकर्ताले विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” नगरपालिकाका १२ वटै वडामा ५१ मेलमिलापकर्ता सूचीकृत रहेका छन् । विवाद समाधानका लागि केही प्रक्रिया अपनाइने गरिएको छ । जसमा निवेदन दर्ता गरी दरपिठ गर्ने, निस्सा दिने, म्याद तामेली गराउने, प्रतिउत्तर पेस गर्ने, मेलमिलापको प्रयास सूचीकृत मेलमिलापकर्ताको रोहवरमा गराउनेलगायतका कार्य हुने गरेको छ । न्यायकि समितिमा पर्ने विवाद समाधन गर्नका लागि बन्द इजलासको व्यवस्था हुनुपर्नेमा त्यसको व्यवस्था भने हालसम्म हुनसकेको छैन । कानुन अधिकृतको व्यवस्था नहुँदा आवश्यकताका आधारमा बाह्य क्षेत्रबाट कानुनी परामर्शका लागि कानुनी सल्लाहकारको व्यवस्था गरिँदै आएको नगर उपप्रमुख पन्तले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १० मा न्यायिक समितिले १३ वटा देवानी प्रकृतिका र ११ वटा मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार दिएको छ । स्थानीय सरकारका २२ वटा संवैधानिक एकल अधिकारमध्ये १२औँ बुँदामा गाउँ, नगरसभालगायत मेलमिलाप र मध्यस्थताको व्यवस्था गरेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:0३
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै
वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै
विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरु ब्याटिङ गर्दै नेपाल
विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरु ब्याटिङ गर्दै नेपाल
प्रचण्डलाई संसदद्वारा तेश्रो पटक विश्वास
प्रचण्डलाई संसदद्वारा तेश्रो पटक विश्वास
मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु
मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’
बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’
ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
ब्याजदर घटाउँदै बैंक
ब्याजदर घटाउँदै बैंक
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: