हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार

लोकवार्ता संरक्षणमा जोड

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:५५
लोकवार्ता संरक्षणमा जोड
काठमाडौँ । एघारौँ लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ । सात बुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा डा प्रेमकुमार खत्रीले बताउनुभयो । “लोक संस्कृतिसँग जीवन जोडिएको छ, हाम्रा गाउँघरमा विभिन्न थरिका संस्कृति छन्”, उहाँ भन्नुहुहन्छ, “लोककला, भाषाभाषी, लोकसाहित्यलाई संरक्षण तथा उजागर गर्न यस अभियानमा जोडिएका छौँ, यसले समुदायमा रहेका लोकसंस्कृति, कलाको विकास हुनेछ ।” लोकवार्ता सबैभन्दा ठूलो सम्पत्ति रहेको उहाँले जनाउँदै जग्गा, जमिन, धन, सम्पत्ति सङ्कलनमा भन्दा लोकवार्ता संरक्षणमा सबैले पहल गरेमा लोप भएर समुदायबाट विस्थापित नहुने बताउनुहुन्छ । यही फागुन ६ गते पाल्पाको तानसेनमा उद्घाटन गरी सुरु भएको सम्मेलन ११ गते अर्घाखाँचीको सन्धिखर्कमा पुगेर समापन गरिएको हो । सम्मेलनका क्रममा तानसेनमा लोकनृत्य , कार्यपत्र प्रस्तुति र लोकवार्ता विमर्श आयोजना गरिएको थियोे । पाल्पाको अर्गलीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, अर्गलीका स्थानीयको आयोजनामा फाउ (फागु), मागल गायन, बाली गायन तथा अभिनयसहित लोकवार्ता विमर्श प्रदर्शन गरिएको थियो । यहाँ महिला समूहद्वारा मागल (मङ्गल) प्रस्तुत, कृतन मण्डलीले चुट्का भजन, नाचगान, महिला र पुरुषको टोलीले असारमा धान रोप्दा गाइने बाली गीत र त्यसको अभिनयसमेत प्रस्तुत गरिइएको थियो । गुल्मीस्थित रिडीको रुरु संस्कृत विद्यापीठमा भएको सम्मेलनमा मगर समुदायको सोरठी, मारुनी, मामाज्युलगायतका नृत्य, नेवार समुदायले लाखेनाच, ब्राह्मणले भजन र गन्धर्वले सारङ्गीवादन गरेर आफ्नो कला तथा संस्कृति प्रस्तुत, गुल्मीको तम्घासमा मगर समुदायले सति घाँटुनाच, नेवार समुदायले लाखेनाच, ब्राह्मण समुदायले भजन, फागु गीत, स्थानीय महिलाद्वारा एकतारे बाजा प्रदर्शन गरिएको थियो । सम्मेलनका लागि सहभागीले रेसुङ्गासहितका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको अवलोकन गरेका थिए । अर्घाखाँचीको सन्धिखर्कमा सहभागी लोकवार्ताविद्ले अर्घाखाँचीको छत्रदेव महाराज कोट दरबार, शिद्धेश्वर धाम, अर्घाभगवती, अर्घा ढुङ्गो, ठूलीआलमको मन्दिर, मालारानी गाउँपालिकास्थित नरसिंहस्थान र मालारानी मन्दिर, सुपादेउरालीलगायतका स्थानको अवलोकन गरेका थिए । परिषद्का सल्लाहकार प्रा डा माधवप्रसाद पोखरेलले हाम्रा परम्परा, संस्कृति, संस्कार, लोककला, भाषा, साहित्य दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुभयो । यसरी देशव्यापीरूपमा सम्मेलन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरी संरक्षणमा चासो बढ्ने उहाँको विश्वास छ । लोकवार्ता परिषद् लोकवार्ता सिकाउन नभई सिक्नका लागि गाउँगाउँ आएको पनि उहाँको भनाइ छ । “लोकवार्ता भनेको लोकविद्या हो, यो विद्या बाबुआमाले नै आफ्ना छोराछोरीलाई सिकायो भने यसले जीवन्तता पाउनेछ, पश्चिमेली संस्कृतिको प्रभावमा हाम्रा कला, संस्कृति हराउन पुगेका छन्, यिनलाई जोगाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो । कास्की, रुपन्देही, कपिलवस्तु, दैलेख, रोल्पा, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुरलगायतका २२ जिल्लामा पुगेर सम्मेलन गरिसकेको छ । यो सम्मेलन हरेक वर्ष आयोजना हुँदै आएको छ । दशैँ–तिहारको बीचमा आयोजना हुँदै आए पनि यो वर्ष सङ्घ र प्रदेशको निर्वाचनका कारण निर्धारित समय पछाडि भएको हो । नेपालका सबै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता थियो । विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोकसंस्कृति, लोकसाहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्को वर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताब छाप्ने काम गरिएको छ । कला, संस्कृतिसहितको संरक्षण गर्दै मूर्त–अमूर्त कला, संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचार–प्रसार गर्ने र त्यसलाई पुस्ककका रूपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:५५
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

सर्वसाधारणका लागि पौडी पोखरी खुला
सर्वसाधारणका लागि पौडी पोखरी खुला
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने
सरकारले आकस्मिकरुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
अमरेशको ‘बार्गेनिङ्ग’ : प्रधानमन्त्रीले राजीनामा नदिए प्रमाण निकाल्छु !
अमरेशको ‘बार्गेनिङ्ग’ : प्रधानमन्त्रीले राजीनामा नदिए प्रमाण निकाल्छु !
६ अर्ब ३६ करोड बक्यौता रकम बुझाउन बाँकी भएपछि प्राधिकरणले काट्यो बारा–पर्सा औधोगिक करिडोरमा बिजुली
६ अर्ब ३६ करोड बक्यौता रकम बुझाउन बाँकी भएपछि प्राधिकरणले काट्यो बारा–पर्सा औधोगिक करिडोरमा बिजुली
सेतो टावरको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन फायर
सेतो टावरको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन फायर
शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या
शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: