किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार, एक चिनियाँ नागरिक पक्राउ

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १४:५८
किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार, एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।

ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।

त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।
यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट