अझै चुनौती बन्दै बालविवाह

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १५:५८
अझै चुनौती बन्दै बालविवाह

र्नुपर्ने व्यवस्था छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्ने भन्ने उल्लेख छ । विभिन्न समुदायको समस्याले नगरको अभियानमा असर परेको बताइएको छ । तथ्याङ्कगतरुपमा उल्लेख्य रेकर्ड भने नभेटिएको सापकोटाको भनाइ छ । “बालविवाह उल्लेख्य भने छैन, छिटफुट बालविवाह भेटिएका छन्”, सापकोटाले भन्नुभयोे, “ती पनि १८ देखि १९ वर्षमा भएको देखियो ।” जति गर्दा पनि १९ देखि २० वर्षसम्मको उमेरलाई विवाह रोक्न कठिन हुने उहाँले बताउनुभयो । शिक्षा शाखाले विद्यालय तहमा पनि अनुगमन गरिरहेको छ । विद्यालयमा त्यस्तो समस्या नभएको, पढाइ छुटेका तथा एसइईपछि विवाह भएका देखिएको उहाँले बताउनुभयो । जनप्रतिनिधिले पनि यो विषय अनुगमन गरिरहेको बताएका छन् । “हामीले सबै सूचक पार गर्न सक्छौँ, विवाहको उमेरमा जबर्जस्ती गर्न नसकिने रहेछ”, गलकोट वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले भन्नुभयो, “कतिपय विवाह फिर्ता भएका छन्, तर पनि रोक्न कठिन रहेछ ।” उमेर नपुगेको विवाह रोक्न खोजेपछि कतिपय सानैमा गर्भवती भइसकेकोसमेत भेटिएको उहाँले बताउनुभयो । गलकोट वडा नं ७ का अध्यक्ष राजबहादुर थापाले पनि दलित समुदायमा बढी समस्या देखिएको बताउनुभयो । “घरघरमा अभियान चलाउँदा पनि पूर्ण रोक लगाउन कठिन भएको छ”, उहाँले भन्नुभयो, “सूचकहरु ५० वटा राख्ने हो भने सबै पूरा भएका छन् ।” वडा तहमा घोषणा गरेर नगरस्तरीय घोषणाको तयारी भइरहेको हो । केही वडामा भने बालविवाह नभएको भेटिएको हो । ती वडामा सहजै घोषणा गर्न सकिने अवस्था भइसकेको गैरेले जानकारी दिनुभयो । “वडावडाबाट घोषणा गर्दै नगरको घोषणामा आइपुग्छौँ”, गलकोटका नगर प्रमुख गैरेले भन्नुभयो, “यो हाम्रो नगरको गौरवको योजना पनि हो ।” बालमैत्री घोषणा गर्दा नगरपालिकालाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक बन्ने उहाँले बताउनुभयो । वडा तहमा अनुशिक्षणका दर्जनौँ कार्यक्रम भइरहेका छन् । बागलुङ नगरपालिका जिल्लाकै सुगम र सबैभन्दा धेरै शिक्षित नागरिक भएको नगरपालिका हो । बागलुङका १४ वटै वडामा बालविवाह रोकियो भनेर घोषणा गर्नसक्ने अवस्था छैन् । परिवारको मिलिमतोमै बालविवाह हुने गरेको बताइन्छ । परिवारको मिलेमतो नभएका उमेर नपुगी हुने प्रेम विवाह मात्रै बाहिर आउने गरेको स्थानीय भरत पौडेलले बताउनुभयो । जिल्लाको तमानखोला गाउँपालिकाले बालविवाह रोक्नका लागि पाँच वर्ष पहिलेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ । यहाँ कैयौँ बालविवाह न्यायिक समितिले बदर गरेको छ । तमानखोलामा बालविवाह गर्नेलाई मात्रै होइन त्यस्तो विवाहको ञभोज खानेलाई समेत कारवाहीको चेतावनी दिएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट