राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १७, २०७९ १४:0४
राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

यहाँ सञ्चालन गरिएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ विधामा प्रतियोगिता भएको थियो । त्यसैगरी नौ स्वर्णसहित भूमे गाउँपालिका दोस्रो र पाँच स्वर्णसहित पुथा उत्तरगङ्गा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ महेन्द्र मावि तकसेरामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

  • मिसन संवाददाता
  • -