दोहा शिखर बैठकः संभाव्यतादेखि समृद्धिसम्म, अन्तर्राष्ट्रिय सहायताका निम्ति अल्पविकसित राष्ट्रहरूको पुकार

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १८, २०७९ १४:२४
दोहा शिखर बैठकः संभाव्यतादेखि समृद्धिसम्म, अन्तर्राष्ट्रिय सहायताका निम्ति अल्पविकसित राष्ट्रहरूको पुकार

प्राकृतिक प्रकोप र रोगव्याधले आर्थिक उन्नयनका दिशामा अघिबढ्न नसकेका विश्वका अल्पविकसित राष्ट्रहरू अन्तर्राष्ट्रिय सहयोगका निम्ति विश्वको ध्यानाकर्षण गराउने तरखरमा छन् । गरिबीको दुष्चक्रमा फसेका उनीहरूले आगामी आइतबारदेखि बिहीबारसम्म यहाँ हुने अल्पविकसित राष्ट्रहरूको संयुक्त राष्ट्रसङ्घीय पाँचौँ शिखर बैठकमा सहयोगको लागि विकसित देशको ध्यान आकृष्ट गराउने तयारी गरेका हुन् । कोरोनाभाइरस महामारी, खाद्यान्न तथा इन्धन आपूर्तिमा युक्रेन युद्धको प्रभाव र जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले विश्वका धनी देशलाई चिन्तित तुल्याए पनि अल्पविकसित ४६ देशका एक अर्ब ३० करोड जनताको अवस्था दयनीय बन्दै गएको छ । कोरोना महामारी, युक्रेन युद्ध र जलवायु परिवर्तनका प्रभावले यी ४६ देश अवस्था नाजुक बनेको छ । संयुक्त राष्ट्रसङ्घका लागि मलावीका राजदूत तथा संयुक्त राष्ट्रसङ्घमा अल्पविकसित देशका प्रवक्ता एग्नेस चिम्बिरीमोलान्डे अल्पविकसित देशले झेल्नु परेको थरिथरिका सङ्कटले उनीहरूलाई जोखिमको खतरनाक बिन्दुमा पु¥याएको बताउनुहुन्छ । तेत्तीस वटा अफिकी, १२ वटा एशिया–प्रशान्त क्षेत्र तथा क्यारेबियन मुलुक हाइटीका राष्ट्राध्यक्ष र सरकार प्रमुखको पाँच दशकपछि पहिलोपटक यहाँ राष्ट्रसङ्घीय सम्मेलन हुँदैछ । पाँच दशकअघि संयुक्त राष्ट्रसङ्घले सम्पन्न र विपन्न राष्ट्रबीचको स्रोत–साधनको गहिरो खाडल कम गर्ने प्रयासमा अल्पविकसित राष्ट्रको समूह (एलडिसी) सृजना गरेको थियो । कारोना महामारीका कारण एलडिसीको पाँचौँ विश्व सम्मेलन दुई पटक स्थगन भइसकेको छ । यसपटक यहाँ आयोजना हुने उक्त बैठकबाट पनि निर्धन देशले अपेक्षाअनुसार भारी आर्थिक सहायता पाउने अपेक्षा गरिएको छैन ।

News

02
March

दोहा शिखर बैठकः संभाव्यतादेखि समृद्धिसम्म, अन्तर्राष्ट्रिय सहायताका निम्ति अल्पविकसित राष्ट्रहरूको पुकार

दोहा, १८ फागुन (रासस /एएफपी):

प्राकृतिक प्रकोप र रोगव्याधले आर्थिक उन्नयनका दिशामा अघिबढ्न नसकेका विश्वका अल्पविकसित राष्ट्रहरू अन्तर्राष्ट्रिय सहयोगका निम्ति विश्वको ध्यानाकर्षण गराउने तरखरमा छन् । गरिबीको दुष्चक्रमा फसेका उ

02
March

सैनिका कारबाहीमा चार जना विद्रोही मारिए

मनिला, १८ फागुन (रासस/ सिन्ह्वा):

मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज

02
March

खाद्य सङ्कट सम्बोधन गर्न सत्तारुढ दलको बैठक

सोल, १८ फागुन (रासस/ सिन्ह्वा):

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको

02
March

बाह्र वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या

सिड्नी, १८ फागुन (रासस/ सिन्ह्वा):

यहाँ एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएक

  • मिसन संवाददाता
  • -