लेबनानस्थित शरणार्थी शिविरको सशस्त्र झडपमा एक जनाको मृत्यु, सात घाइते

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १८, २०७९ २१:२८
लेबनानस्थित शरणार्थी शिविरको सशस्त्र झडपमा एक जनाको मृत्यु, सात घाइते

बेरुत । दक्षिणी लेबनानको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

नेशनल न्युज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अलहिल्वेह शिविरमा भएको झगडा व्यक्तिगत विवादको रूपमा शुरु भई सशस्त्र झगडामा परिणत भएको थियो ।

सो झडपमा थुप्रै कार र पसलहरूमा पनि ठूलो क्षति पुगेको छ । लेबनानस्तित अङ्ग्रेजी समाचार आउटलेटले सो बारे विवरण आफ्नो वेबसाइटमा राखेको छ । यो सँगै नजिकैको पूर्वमा प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ राहत र कार्य एजेन्सीद्वारा सञ्चालित ऐन अल(हिल्वेह शिविरका विद्यालयहरूले बिहीबार ूसुरक्षा अवस्था र चलिरहेको झडपका कारणू आफ्ना ढोकाहरू बन्द गर्ने निर्णय जारी गरेको छ ।

  • मिसन संवाददाता
  • -