दाेलखा महोत्सव सुरु,,,

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन २०, २०७९ 0८:११
दाेलखा  महोत्सव सुरु,,,

काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा फागुन १९ गतेबाट महोत्सव सुरु भएकाे छ । सदरमुकाम चरिकोटमा सुरु हुने महोत्सव फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गनुभएकाे छ  । महोत्सव सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रोबटिक एसोसिएसन नेपालको सहयोगमा रोबर्ट प्रदर्शनी  महोत्सवको मुख्य आकर्षक पक्ष मानिएको छ । महोत्सवमा जिल्लामा अवस्थित विभिन्न जातजातीहरुको प्रतियोगितात्मक झाँकी प्रस्तुत गरिनेछ । यस्तै, सामुहिक एबम् एकल नृत्य प्रतियोगिता, पञ्चैबाजा, खैजडि भजन प्रतियोगिता पनि सञ्चालन हुनेछ । जसअनुसार प्रतियोगितामा सहभागि भई उत्कृष्ठ हुनेलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा सांगितिक कार्यक्रम पनि सञ्चालन गरिने छ। महोत्सवमा बरिष्ट कलाकार मदनदास श्रेष्ठ, कुमार बस्नेत, पशुपति शर्मा, प्रमोद खरेल, बद्रि पंगेनी, भोजराज काफ्ले लगायतका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

  • मिसन संवाददाता
  • -