आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २१, २०७९ १७:00
आइसीसी लिग–२ : पपुवा न्यु गिनीद्वारा युएई पराजित

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्यु गिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा पपुवा न्यु गिनी विजयी भएको छ । श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्यु गिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो । टस जितेर पपुवा न्यु गिनीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सवै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पपुवा न्यु गिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । पपुवा न्यु गिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा युएईका भृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्यु गिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए । योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्यु गिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्यु गिनी लिगको पुछारमा छ । श्रृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

  • मिसन संवाददाता
  • -