पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २१, २०७९ १७:0८
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्रता

पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामलाई यहाँ तीव्रता दिइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रू आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो । राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक स्तरोन्नतिपश्चात् कालोपत्र गर्ने उहाँले बताउनुभयो । “दश वटा पाइप कल्भर्ट चौँडा गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मत गरी चार लेनको बनाइँदैछ”, उहाँले भन्नुभयो । ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक÷एक लेन थप्न लागिएको चटौतले जानकारी दिनुभयो । गत वर्ष सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चाँैडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चौँडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो । पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ । चालु आर्थिक वर्षको असारमसान्तसम्म सडक र कल्भर्ट चौँडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ । यसैगरी, सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ । “जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन”, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भन्नुभयो, “बाँकी सातमा कार्य अगाडि बढिरहेको छ ।” उहाँका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।चटौतले भन्नुभयो, “दुई वर्षभित्रकाम सक्नुपर्ने गरी सम्झौता भएको हो । सातवटै सडक स्तरोन्नतिका लागि रू तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।” निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन् ।

  • मिसन संवाददाता
  • -