लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २३, २०७९ ११:४२
लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ उहाँले भन्नुभएको छ । विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उहाँले यी धारणा राख्नुभएको हो ।यसवर्षको सो दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ मनाइँदैछ ।

  • मिसन संवाददाता
  • -