दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन २५, २०७९ १४:0१
दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुनेभएको छ । सङ्गठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो । ‘दलित आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान : दक्षिणपंथी अवसरवाद र सबैखाले विभेद्काविरुद्ध छैठौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूलनाराका साथका हुने सम्मेलनमा देशभरबाट झण्डै एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिनुभयो । बैठकले आगामी जेठ २१ गतेसम्म तीन महिने ‘सङ्गठन निर्माण तथा परिचालन अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यही फागुन ३० गतेसम्म जिल्ला र प्रदेश कमिटीका बैठक बस्ने, चैत ७ गतेसम्म स्थानीय कमिटीको सम्मेलन गर्ने, चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने, २०८० साल वैशाख मसान्तसम्म सङ्गठनको आगामी समाजवादी यात्रा विषयक परामर्श कार्यक्रम सञ्चालन गर्ने, वैशाख १५ गतेसम्म प्रदेश सम्मेलन गर्ने र जेठ २१ र २२ गते छैठौँ राष्ट्रिय सम्मेलन निर्णय गरेको हो । सङ्गठनले छैठौँं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन बनाएको छ । जसमा सङ्गठनका अध्यक्ष गणेश विश्वकर्मा संयोजक रहेको ३३ सदस्य मूलव्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ ।

  • मिसन संवाददाता
  • -