कङ्गोमा द्वन्द्व कारण विस्थापित हुनेहरु बढ्दै

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन २५, २०७९ १६:४५
कङ्गोमा द्वन्द्व कारण विस्थापित हुनेहरु बढ्दै

कङ्गोमा यहाँ जारी रहेको द्वन्द्वका कारण विस्थपित हुने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित भएका छन् । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एक निकायले दिएको जानकारीअनुसार कङ्गोको पूर्वी क्षेत्रमा केही समय यता हिंसा बढेको छ । त्यस हिंसामा परेर यहाँका २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । यहाँ पछिल्लो समयमा एम २३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो समूहका विद्रोही र यहाँको सरकारी सेनाका बीचमा दिनहुँजसो भिडन्तहरु हुन थालेका छन् । यहाँको उत्तरी किभु प्रान्तमा सो विद्रोही समूह र यहाँको सेनाका बीचमा भिडन्तहरु जारी रहेको छ । सो भिडन्तमा परेर यहाँका २० हजार भन्दा बढी स्थानीय नागरिक विस्थापित हुन पुगेका कगोमा रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

  • मिसन संवाददाता
  • -