जडीबुटीसहित दुईजना पक्राउ

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ ११:४८
जडीबुटीसहित दुईजना पक्राउ

बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए । गोठमा आगजनी गर्ने पक्राउ यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो । यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको सूचना अधिकारी मदन केसीले बताउनुभयो । आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट