पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र ९, २०७९ १७:१४
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पार्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचाँै विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताउनुभयो । “निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेमा छटपटी भएको छ” उहाँले भन्नुभयो, “वृत्तिविकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।” कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । “तपाईंहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो”, उहाँले भन्नुभयो ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र ९, २०७९ १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट