काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ । सो मन्त्रालयको जिम्मेवारीमा लाेसपाले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई दिइने भएको छ । भण्डारी १५ पटक मन्त्री बनिसकेका छन् ।
लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका छन्। उनले आज सपथ लिए भने १६ औं पटक मन्त्री हुनेछन् । पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म उनी १५ पटक मन्त्री बनिसकेका हुन ।