दुर्घटनामा घाइते महतको मृत्यु

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १७, २०७९ १४:0५
दुर्घटनामा घाइते महतको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक चालकको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए । दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • -