काठमाडौं । दशरथ रंगशालामा जारी प्रधानमन्त्री कप त्रिदेशिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त खेलमा नेपालले विजय प्राप्त गरेकाे हाे । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा १७ औं मिनेटमा लाओसले अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यस्तै ८७ औं मिनेटमा मनिष डाँगीले गोल गरेपछि नेपाल २ गाेलले विजयी भएको हो ।
प्रतियोगितामा लाओसलाई २-१ ले हराउँदै नेपाली फुटबल टिम विजयी बनेको हाे । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओस्ल ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ ।