डिजेल लिटरमा १० रुपैयाँले र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाउने निगमकाे निर्णय

  • मिसन संवाददाता
  • सोमवार, चैत्र २०, २०७९ २0:१६
डिजेल लिटरमा १० रुपैयाँले र पेट्रोल लिटरमा ३ रुपैयाँले घटाउने निगमकाे निर्णय

काठमाडौं । नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाउने भएकाे छ । साेमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेकाे छ भने खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।

यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियाे भने अब  प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँ नै रहेकाे छ । साे निर्णय आज राति १२ बजेबाट लागू हुने छ ।

  • मिसन संवाददाता
  • -