मगर सङ्घ गण्डकीमा नयाँ नेतृत्व

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २१, २०७९ १३:३६
मगर सङ्घ गण्डकीमा नयाँ नेतृत्व

नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले उहाँको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनिराज थापामगर, उपाध्यक्षमा दानबहादुर थापामगर, महिला उपाध्यक्षमा पवित्रा थापामगर र भाषिक उपाध्यक्षमा जगन पुनमगर रहनुभएको छ । त्यस्तै प्रमुख सचिवमामा नन्दु थापामगर, सचिवमा कृष्णबहादुर थापामगर, महिला सचिवमा सङ्गीता पुनमगर, कोषाध्यक्षमा उत्तमप्रसाद बडावल मगर, सहकोषाध्यक्षमा ज्ञानीसरा रानामगर र यामकुमारी गर्बुजा मगर चयन हुनुभएको सङ्घले जनाएको छ । सङ्घको सदस्यहरूमा टकसरा रानामगर, हीराबहादुर पुनमगर, वीरबहादुर थापामगर, हीरादेवी मगर, युवराज पुनमगर, खिम पुनमगर, देउकुमारी थापामगर, बलवीर रानामगर, सगुन रानामगर, डिलबहादुर थापामगर, खेम सारुमगरलगायत रहनुभएको छ । छ बुँदे घोषणापत्र जारी गर्दै अधिवेशन सकिएको नवनिर्वाचित अध्यक्ष तारामायाले बताउनुभयो । सङ्घले गण्डकी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न माग गरेको छ । जातीय जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । सङ्घले प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, गण्डकी प्रदेशको नाममा मगरात क्षेत्रको पहिचान जोड्नुपर्नेलगायतका माग अघि सारेको छ ।

  • मिसन संवाददाता
  • -