महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २१, २०७९ १७:२२
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८÷०७९ पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा वेदुराम भुषालले सो प्रतिवेदन पेस गर्नुभयो । बैठकमा मन्त्री भुषालले लोक सेवा आयोगको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।

  • मिसन संवाददाता
  • -