घरपालुवा हात्तीमाथि धारिलो हतियार प्रहार, सुँड काटियाे

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २२, २०७९ १२:00
घरपालुवा हात्तीमाथि धारिलो हतियार प्रहार, सुँड काटियाे

काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा  घरपालुवा हात्तीमाथि धारिलो हतियार प्रहार गरि सुँड काटिएको छ ।

मंगलबार राति ब्यवसायी दिपक खतिवडाको ४५ वर्षिय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो।  अज्ञात व्यक्तिले राती करिब साढे ११ बजे तिर हात्तीको सुडमा हतियार प्रहार गरेकाे हाे । हतियार प्रहार गर्दा सुँड दुई टुक्रा भएकाे छ।

साे घटना प्रति घोर भत्सर्ना गर्दै तत्काल दोषीलाई पहिचान साथ पक्राउ गरी कडा भन्दा कडा कारवाहीको लागि लोथर उपभोक्ता समितिका अध्यक्ष मान बहादुर स्याङ्बोले कारबाहीको माग गरेका छन ।

  • मिसन संवाददाता
  • -