क्यान्सर विजेताको ‘र्‍याम्प शो’

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:१३
क्यान्सर विजेताको ‘र्‍याम्प शो’

क्यान्सर जितेकाले ‘तेस्रो क्यान्सर सर्भाइवर र्‍याम्प शो’ गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोगी समूहको सहकार्यमा क्यान्सरलाई पराजित गरेकाले यहाँ आयोजित कार्यक्रममा र्‍याम्प शो गरेका हुन् । क्यान्सरको उपचारपछि पूर्णतया ठीक हुन्छ र मानिस पहिले जस्तै हुन्छ भन्ने आत्मबल देखाउनका लागि र्‍याम्प शो गरिएको आयोजकले जनाएको छ । शोमा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित क्यान्सर जितेका ६० भन्दा बढीको सहभागिता थियो । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार नेपालमा नै सस्तो, गुणस्तरीय र सुलभ रूपमा हुने गरेको बताउनुभयो । उहाँले नेपालमा क्यान्सरको उपचार गर्नका लागि सबैलाई प्रेरणा दिनुपर्ने बताउँदै क्यान्सर उपचार पछि निको हुन्छ भनेर जनचेतना जगाउनुपर्ने धारणा राख्नुभएको थियो । मिस नेपाल २०२२ प्रियङ्का रानी जोशीले क्यान्सर रोगीलाई सबैले माया गर्नुपर्ने भन्दै क्यान्सर लागे पनि उपचार पछि स्वस्थ्य भएर जीउन सकिने बताउनुभयो । उहाँले आत्मबल मानिसको सबैभन्दा ठूलो तागत भएकाले आत्मबलले क्यान्सर जित्न सकिने बताउनुभयो । पछिल्लो समय क्यान्सरको उपचारका नेपालमा नै उपलब्ध भएकाले उपचारका लागि अन्य देश जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ थियो । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ चिकित्सक, नर्स, क्यान्सर जितेका व्यक्तिलगायतले ¥याम्प शो गर्नाका साथै नृत्य गरी गीत पनि गाउनु भएको थियो ।

  • मिसन संवाददाता
  • -