संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:१४
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सि.सं.२३५(घ) र (ङ) सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उहाँले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गर्नुभयो । तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अतिरिक्त महानिरीक्षक पौडेलले तन, मन र वचनका साथ नागरिकको सेवा र सुरक्षामा लाग्न सुझाव दिनुभयो । अनुशासन र धैर्यतालाई प्रत्येकले आफ्नो कार्यक्षेत्रमा उतार्नेमा विश्वास व्यक्त गर्दै उहाँले कार्यक्षेत्र अवसर र चुनौतीको सङ्गमस्थल भएको धारणा पनि व्यक्त गर्नुभयोे । कूल एक सय ५१ जना दीक्षित भएको उक्त समारोहमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिनाका साथै कवाजलगायत विभिन्न प्रदर्शन गरिएको थियो ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट