विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ ः मन्त्री रिजाल

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:२७
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ ः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताउनुभएको छ । राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।” उहाँले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिनुभयो । गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिनुभयो । “हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्ययाउन प्रयासरत छौँ ।” प्रारम्भिक साधारणसभाले दुईवर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ ।

  • मिसन संवाददाता
  • -