सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:२८
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउनुभयो । समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकामा चिन्ता व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताउनुभयो ।

  • मिसन संवाददाता
  • -