प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

  • मिसन संवाददाता
  • आइतवार, चैत्र २६, २०७९ २0:१२
प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुग्नुभएको हो । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल बुद्ध एयरको नियमित उडानबाट धनगढी विमानस्थलहुँदै महेन्द्रनगरतर्फ लाग्नुभएको छ । माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गर्नुभएको हो ।

  • मिसन संवाददाता
  • -