कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ ः सहमहामन्त्री आङदेम्बे

  • मिसन संवाददाता
  • आइतवार, चैत्र २६, २०७९ २0:३९
कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ ः सहमहामन्त्री आङदेम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले पार्टीभित्र योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास भएमात्र कांग्रेस वलियो हुने बताउनुभएको हो । उहाँले पार्टीको १४औँ महाधिवेशनले पदाधिकारीमा युवा नेतृत्वलाई प्राथमिकता दिए पनि युवाहरुले पार्टीलाई सही दिशामा अगाडि बढाउन नसकेको बताउनुभयो । पार्टीको नेतृत्वमा पुग्छु भन्नेले आफूमात्र जान्ने छु भनेर सोच्न नहुने उहाँको भनाइ थियो । सहमहामन्त्री आङ्देम्बेले पार्टीको क्रियाशील सदस्यता बढाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताले मेहनत गर्नुपर्ने बताउनुभयो । कांग्रेसले दुःख गरेका व्यक्तिको खोजी गर्नुपर्ने उहाँको भनाइ छ । “युवाले पार्टीमा नेतृत्व गरोस् भन्ने मेरो इच्छा र चाहना हो”, उहाँले भन्नुभयो ।—

  • मिसन संवाददाता
  • -