आयुर्वेद एसोसिएसनको अध्यक्षमा भट्टराई

  • मिसन संवाददाता
  • आइतवार, चैत्र २६, २०७९ २0:४१
आयुर्वेद एसोसिएसनको अध्यक्षमा भट्टराई

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (रान) को अध्यक्षमा जगतबहादुर भट्टराई निर्वाचित हुनुभएको छ । एसोसिएसनको आज सम्पन्न प्रथम महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर राउत, उपाध्यक्ष (पुरुष) मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला) मा सरिता भण्डारी उपाध्यक्ष (कोशी प्रदेश) मा डा सञ्जीवकुमार यादव र उपाध्यक्ष (मधेस प्रदेश)मा सञ्जयकुमार प्रसाद सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यसैगरी, महाधिवेशनले बागमती प्रदेशबाट दिलबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट डा प्रफुल्लचन्द्र यादब, लुम्बिनी प्रदेशबाट शालिकराम भुसाल, कर्णाली प्रदेशबाट डा शङ्करप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट लोकराज भट्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी, एसोसिएसनको महासचिवमा हृदयनारायण चौधरी, सचिव (पुरुष) मा नारायण खतिवडा, सचिव (महिला) मा जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा रामबाबु यादव निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । सदस्यमा किरण न्यौपाने, डा विवेक गुप्ता, डा रामपुकार यादव, गीतादेवी दाहाल, इन्द्रजितकुमार यादव, आरतीकुमारी चौधरी, धर्विन्द्रबहादुर सार्की र ओमराज लिम्बू निर्वाचित हुनुभएको छ । एसोसिएसनमा सात प्रदेशका अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको छ । यसै वर्ष स्थापना भएको एसोसिएसनले हाल ४० जिल्ला र तीन प्रदेशमा शाखाहरू विस्तार गरेको छ । एसोसिएसनले सातै प्रदेश र प्रत्येक जिल्लालगायत देशका विभिन्न स्थानमा बृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालनलगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । —

  • मिसन संवाददाता
  • -