बलात्कारको जाहेरी दर्ता गर्न घुस मागेका असई रंगे हात पक्राउ

  • मिसन संवाददाता
  • शनिबार, बैशाख २, २०८० १४:0१
बलात्कारको जाहेरी दर्ता गर्न घुस मागेका असई रंगे हात पक्राउ

काठमाडौं । जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गरिदिएबापत नौ हजार घुस लिने असइ रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस लिएका सिराहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयाका असइ सचिनकुमार भदैसवारलाई रंगेहात पक्राउ गरेको हो।

नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • मिसन संवाददाता
  • शनिबार, बैशाख २, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट