हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १0:४२
गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका
ढोरपाटन, ७ वैशाख (रासस) : एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् । पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा महत्वपूर्ण सडक स्तरोन्नति गर्दै छ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ । बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो । हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६÷०७७ मा खुलाएको थियो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठेरो भएको हुँदा एकै पटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । वैकल्पिक सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड ३० लाख र केन्द्र सरकारले रु एक करोड ३० लाख विनियोजन गरेको गौतमको भनाइ छ । हर्पे–पाखापानी–ढुवाखोर सडकका लागि रु एक करोड विनियोजन भएको छ । दुवै सडक सम्झौता भएर काम सुरु भएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले वैकल्पिक सडकका लागि रु ८५ लाख विनियोजन गरेर काम थालनी गरेको थियो । गौतम भन्नुहुन्छ, “दुवै सडक गाउँपालिकाको प्राथमिकतामा परेका योजना हुन्, निकै साँघुरा र दुर्घटनाको जोखिम बढेका कारण पहिलो प्राथमिकतामा राखेर अहिले दुई वटा सडकलाई स्तरोन्नति गरिरहेका छौँ, यी सडकबाट निसीखोलाका नागरिक लाभान्वित हुन्छन्, अहिले काम सुरु भएको छ, सडक स्तरोन्नति गर्नका केही महिना अगाडि बोलपत्र आह्वान गरेर ठेक्का सम्झौता गरेका थियौँ”, हर्पे–पाखापानी–ढुवाखोर सडक निर्माणको जिम्मा स्टार पोखरा कन्स्ट्रक्सन र वैकल्पिक सडकको जिम्मा एसी कन्स्ट्रक्सनले पाएको छ । यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माणलगायतका काम हुने गाउँपालिकाले जनाएको छ । वैकल्पिक सडक २०७५ मा साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थमन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख गरी रु ६१ लाखमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का नागरिकको दैनिकी फेरिदिएको छ । स्थानीय तीर्थबहादुर सुनारले साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गरेको भन्दै स्तरोन्नतिपछि यस क्षेत्रका हजारौँ स्थानीयले सहजरुपमा यात्रा गर्न पाउने बताउनुहुन्छ । उहाँले यी सडकको ग्रेडिङ नमिलेको हुँदा धेरै पटक दुर्घटना भएको बताउनुभयो । “पहिले सडक थिएन, हामीहरु पैदलयात्रा गथ्र्यौं, अहिले गाडीमा मुटु समाएर यात्रा गर्दै आएका छौँ, बाटा निकै सानो छ, गाउँपालिकाले फराकिलो बनाउने भनेर काम थालेको पाइयो, अब जोखिम मोलेर हिँड्नुपर्ने छैन”, उहाँले भन्नुभयो, “गाउँमा सडक आएपछि धेरै सजिलो चाहीँ भएको छ, बारीमा फलेका सागसब्जी पनि बजारसम्म लगेर बेच्न पाइएको छ, सामान पनि गाडीमा ल्याउने गरेका छौँ, पहिलेको तुलनामा धेरै सुविधा भएको छ ।” वैकल्पिक सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने छ । गाउँमा सडक आएपछि आफूहरुको दैनिकी नै फेरिएको अर्का स्थानीय प्रेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले गाउँमा यसरी सडक आउँला भन्ने कल्पना नगरेको भन्दै अहिले घरै अगाडि दैनिक गाडी गुड्ने गरेको बताउनुहुन्छ ।
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १0:४२
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

सहकारी समस्यामा
सहकारी समस्यामा
जनयुद्ध दिवसकै दिन माओवादीले विधान अधिवेशन सुरु गर्ने
जनयुद्ध दिवसकै दिन माओवादीले विधान अधिवेशन सुरु गर्ने
पुल निर्माण हुने भएपछि स्थानीय खुसी
पुल निर्माण हुने भएपछि स्थानीय खुसी
अवैध लागूऔषधहित विभिन्न ठाउँबाट सात जना पक्राउ
अवैध लागूऔषधहित विभिन्न ठाउँबाट सात जना पक्राउ
राजावादीहरुले पार्टी कार्यालय मै कुटे पूर्व एआईजी
राजावादीहरुले पार्टी कार्यालय मै कुटे पूर्व एआईजी
सेती नदीको दोहन रोक्न संरक्षण अभियान
सेती नदीको दोहन रोक्न संरक्षण अभियान
चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा गैडा मृत फेला
नेप्से बढ्यो
नेप्से बढ्यो
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: