हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी

भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १0:४७
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
अयोध्या (भारत), ७ वैशाख (रासस) : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतको अयोध्या एवं वनारसमा गरिएका पर्यटन प्रवद्र्धनका छुट्टाछुट्टै कार्यक्रममा पोखरासँगको पर्यटकीय सम्बन्ध मजबुत बनाउन ‘कनेक्टिभिटी’लाई सहज एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । अयोध्या एवं वनारसका पर्यटन व्यवसायी एवं सम्बद्ध अधिकारीले प्राकृतिकरुपमा मनमोहक गन्तव्य पोखरा भए पनि त्यहाँ सीधा हवाई सम्पर्क भइनसकेका अवस्थामा सडक पूर्वाधार पनि समस्याका रुपमा रहेको बताए । सडक मार्गमा निर्माण कार्य भइरहेका कारण आवतजावत गर्न असहज भएको बताउँदै उनीहरूले निर्माण कार्य चाँडो सम्पन्न गर्नुपर्ने जरुरी रहेको आवश्यकता औँल्याए । उत्तर प्रदेश पर्यटन विभागका अधिकारी आरपी यादवले अयोध्या र पोखराबीचको पर्यटकीय सम्बन्ध बलियो बनाउनुपर्ने बताउँदै पर्यटकीय साझेदारीमा जोड दिनुभयो । अयोध्यासहित उत्तर प्रदेशबाट बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक पोखरा जाने गरेको बताउँदै उहाँले आगामी दिनमा यो क्रम अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । अयोध्यामा रामसीताको मूर्तिका लागि कालीगण्डकीबाट ल्याइएको देवशिलाले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको बताउँदै कार्यक्रमका सहभागीले सदियौँदेखिको दुई देशको सम्बन्ध आँफैंमा विशिष्ट रहेको उल्लेख गरे । पोखरा जुनसुकै मौसममा पनि जान सकिने गन्तव्य भएको बताउँदै वनारसका वरिष्ठ पर्यटन व्यवसायी कौलेश कुमारले पोखरा जाने निर्माणाधिन बाटोको काम चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो । वनारस धार्मिकरुपमा महत्वपूर्णस्थल रहेको र पोखराले पनि धार्मिकरुपमा महत्व राख्ने उल्लेख गर्दै उहाँले यी दुवै स्थानको पर्यटकीय विकासका लागि साझेदारी गर्न सकिने धारणा राख्नुभयो । अर्का पर्यटन व्यवसायी सन्दीप पटेलले पोखरासँगको पर्यटकीय सम्बन्ध पर्यटकीय साझेदारीका माध्यमबाट बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखराको प्राकृतिक सौन्दर्यता र त्यहाँको मौसम घुम्नका लागि उपयुक्त भएको उहाँको भनाइ छ । समस्याको रुपमा रहेको कनेक्टिभिटीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले सडक मार्गबाट सहजरुपमा पोखरा पुग्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । दूरी छोटो भए पनि सडक मार्ग निर्माणाधीन अवस्थामा रहँदा पुग्न असहज हुने गरेको उहाँको भनाइ छ । पोखरा पर्यटन परिषद्का अध्यष पोमनारायण श्रेष्ठले आफूहरू न्यानो आतिथ्यताका लागि सदैव तयार रहेको बताउनुभयो । सडक सञ्चालन चाँडो व्यवस्थित गर्न पर्यटन व्यवसायीका तर्फबाट पनि आफूहरूले निरन्तर दबाब दिइरहेको बताउँदै उहाँले निर्माण कार्र्य यथासक्य चाँडो गर्न सम्बद्ध निकायसँग पहल गरिरहेको बताउनुभयो । प्राकृतिक दृश्यावलोकनसँगै साहसिक पर्यटनका हरेक गतिविधि एकसाथ पोखरामा गर्न सकिने उहाँले बताउनुभयो । नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनसँगै भारतबाट जाने पर्यटन व्यवसायीले सीमा क्षेत्र एवं नेपालमा रहँदाका अवस्थामा भोग्ने गरेका समस्याबारे प्रत्यक्षरुपमा जानकारी लिनु पनि आफूहरूको उद्देश्य रहेको बताउनुभयो । कार्यक्रमका क्रममा भारतीय पर्यटकबाट प्राप्त सुझावलाई लिएर देखिएका समस्यालाई समाधान गर्नेतर्फ प्रयास पनि गरिने उहाँको भनाइ छ । पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले पोखरा सबै मौसमका लागि घुम्न सकिने गन्तव्य भएको बताउँदै सहजरुपमा घुम्दै भरपुर मनोरञ्जन लिन भारतीयलाई आग्रह गर्नुभयो । सडक निर्माण लगायतका कामलाई चाँडो सम्पन्न गर्ने कुरामा पहल गरिने उहाँको भनाइ छ । कार्यक्रम सञ्चालक एवं नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले पोखरा सधैँ ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात् गरी अघि बढिरहेको बताउनुभयो । कार्यक्रमअन्तर्गत आज गोखरापुरका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसँग छलफल एवं अन्तक्र्रिया गर्दै टोली पोखरा फर्कने कार्यक्रम रहेको संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो । पटनाहुँदै वनारस, अयोध्यालगायतका स्थानका सबै प्रवद्र्धनात्मक कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ ।
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १0:४७
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता  अनलाइनमा राख्न बाँकी
हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
नार्कः नयाँ नेतृत्व आएपछि सुधारउन्मुख
नार्कः नयाँ नेतृत्व आएपछि सुधारउन्मुख
दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण
दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण
गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा
‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा
हटिया–ताराखोला सडक ः म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक ः म्याद सकियो, सकिएन कालोपत्रे
अवकाशमा जाँदै एआईजी चौधरी र भण्डारी
अवकाशमा जाँदै एआईजी चौधरी र भण्डारी
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: