हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन

मैदान अभावमा खेल सञ्चालन गर्न असहज

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:५९
मैदान अभावमा खेल सञ्चालन गर्न असहज
वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ । मेलम्चीमा रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ । मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भएको स्थानीय सागर श्रेष्ठ बताउनुहुन्छ । अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी तयार हुने क्रम भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन । क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि उपयुक्त मैदान नै छैनन् । स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गर्नुपर्ने स्थानीय खेलाडी माइते तामाङ बताउनुहुन्छ । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन । जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ । जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ । तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष रामचन्द्र सापकोटा बताउनुहुन्छ । खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ । जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताउनुहुन्छ । “म जस्ता फुटबल खेलाडी धेरै तयार हुन सक्छन्”, उहाँले भन्नुभयो, “यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ ।” नगरको १३ वटै वडामा खेल मैदान निर्माण अभियान रहेकोमा केही वडामा सुरु भइसकेको र केहीमा बजेट विनियोजनको तयारीमा रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । त्यस्तै मेलम्चीका वडामा क्षेत्र तथा नगरस्तरको विभिन्न खेल सञ्चालन गर्न सकिने मैदान निर्माण गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको उहाँले बताउनुभयो । यसका लागि नगरको मात्र बजेटले नपुग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उहाँको भनाइ छ ।
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:५९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

मोहरेडाँडामा खानेपानीको समस्या
मोहरेडाँडामा खानेपानीको समस्या
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो
प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरीका लागि समय १० दिन
प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरीका लागि समय १० दिन
सुन काण्ड : दावा छिरिङलाई नेपाली नागरिकता दिने खरेल पक्राउ
सुन काण्ड : दावा छिरिङलाई नेपाली नागरिकता दिने खरेल पक्राउ
इतिहास बन्यो ट्रलीबस
इतिहास बन्यो ट्रलीबस
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र
एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र
आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह
आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: