प्रधानमन्त्री प्रचण्ड भोली दोलखाको पर्यटकीय नगरी जिरी जानुहुने

  • मिसन संवाददाता
  • सोमवार, बैशाख १८, २०८० २0:३७
प्रधानमन्त्री प्रचण्ड भोली दोलखाको पर्यटकीय नगरी जिरी जानुहुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली दोलखाको पर्यटकीय नगरी जिरी जानुहुने भएको छ ।

उहाँ जिरी नगरपालिका–२ स्थित एलुङमा पुननिर्माण भएको ङयाग्युर ख्युङजोलिङ ऐतिहासिक गुम्बाको समुद्घाटनको लागि भोली जिरी जान लाग्नुभएको हो ।

प्रचण्ड शान्ति प्रकृया लगतै पहिलो पटक जिरी भ्रमणमा जानु भएको थियो ।  प्रधानमन्त्री प्रचण्ड चौंथो पटक भोली जिरी जान लाग्नुभएको हो ।

गुम्बा उद्घाटनको लागि भोली दिउँसो १ बजे हेलिकोप्टर मार्फत प्रचण्ड जिरी जान लाग्नुभएको हाे  । २०७२ सालमा गएको विनाशकारी भुकम्पले सो गुम्बामा पुर्णरुपमा क्षति पु¥याएको थियो  । भोली हुने गुम्बा उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।

  • मिसन संवाददाता
  • -