हत्या आराेप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख १९, २०८० १७:३३
हत्या आराेप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौँ । संघीय संसद सचिवालयले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ ।

हत्या आराेप लागेका एमाले सांसद कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका हुन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै  निलम्बन गरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी दिएकाे छ ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

  • मिसन संवाददाता
  • -