पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण  नभइ प्रोत्साहित गर्ने:आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठ

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २०, २०८० २0:0७
पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण  नभइ प्रोत्साहित गर्ने:आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण  नभइ प्रोत्साहित गर्न चाहेकाे आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे ।

अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेकाे आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे

उहाँले आज  बिश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा नेपालको संविधानको मर्म, भावना  र संघीय लोकतान्त्रिक गणतन्त्र, उद्देश्य अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । भबिश्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संबाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ आज प्रेस स्वतन्त्रता दिवस मनाइएको   छ ।

एक सय चार बर्षे राणा शासन, तीस बर्षीय निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका सबै जनताले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैसँग बुझेका छन् ।त्यस्तै  स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा  बिश्वस्त  रहेकाे उहाँले बताउनु भएकाे छ ।

अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेकाे मन्त्री  श्रेष्ठले बताउनु भयाे । नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हितमा प्रबद्र्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेकाे छ ।

त्यस्तै  श्रमजीवी  पत्रकारको क्षमता बिकास गर्न सीप बिकासका कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउने बागमती प्रदेश सरकारको नीति रहेको मन्त्री श्रेष्ठले  बताउनु भयाे । पत्रकारको  अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिदै पत्रकारिताको गुणस्तरिय बिकासमा बागमती प्रदेशले आफ्नो  तर्फबाट योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

  • मिसन संवाददाता
  • -