पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २१, २०८० १0:३३
पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

काठमाडौं ।   पूर्व मन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् ।

उनलाई  आजै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।  प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन्

रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।  काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको हो ।

  • मिसन संवाददाता
  • -