डिजिटल बागमती संवाद कार्यक्रमले प्रदेशको डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई सहयोग  पुग्ने

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २१, २०८० १४:३३
डिजिटल बागमती संवाद कार्यक्रमले प्रदेशको डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई सहयोग  पुग्ने

काठमाडौं । आइसिटी फाउण्डेशन नेपालले आयोजना गरेको डिजिटल बागमती संवाद कार्यक्रमले प्रदेशको डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई सहयोग  पुग्ने आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे ।

आज सम्पन्न कार्यक्रममार्फत प्रदेशको आगामी योजना तथा कार्यक्रमलाई थप परिमार्जन गर्न र जनतालाई थप सेवा सुविधा उपलब्ध गराउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

साे कार्यक्रममा  प्रदेश र स्थानीय तहमा भैरहेका डिजिटल सेवाका अभ्यासहरु, प्रदेशका योजनासँगै दूरसञ्चार र पूर्वाधारको विषयमा छलफल  भएको थियाे ।

त्यस्तै हजारौं  बलिदान पछि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यसले व्यवस्था परिवर्तनको आधारभूत काम पुरा गरेको ,देशकाे अवस्था परिवर्तनको चरणमा प्रवेश गरेको बताउनु भयाे  ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान त बनायौं तर त्यस संविधानलाई सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐनकानुनहरू अझै जेजति बनाउनु पर्थ्यो त्यति बनाउन नसकेकाे र  भएका ऐनकानुनहरू पनि समयानुकूल परिमार्जन गर्न नसकेकाे मन्त्री श्रेष्ठले बताउनु भयाे ।

संघ, प्रदेश र स्थानीय सरकारको कतिपय अधिकारको बारेमा संविधानमा साझा सूची भए पनि सूचीभित्रका अधिकारलाई लिएर सङ्घीय सरकारले जति ऐनकानुनहरू बनाउन सक्नुपर्थ्यो त्यति बनाउन नसकेकाे र बनाएका ऐनकानुनहरू पनि कार्यान्वयन नगर्नाले खासगरी प्रदेश सरकार फितलो बन्न गएको छ । जसको कारण बिस्तारै जनतामा प्रदेशप्रति नै प्रश्न जन्मिन थालेको छ ।

विगतका ऐनकानुनहरू समयानुकूल संशोधन गर्नुस् र आवश्यक नयाँ ऐनकानुनहरू फटाफट निर्माण गरेर संविधानको सफल कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुस् भन्दै उहाँले सङ्घीय सरकारप्रति विशेष आग्रह गर्नु भयाे ।

नेपाल प्राकृतिक रूपमा सुन्दर  देशलाई मानव श्रोत र   प्रविधिको प्रयोगमार्फत केही दशकमा समृद्ध बनाउन  बिज्ञान र सूचना तथा सञ्चार प्रविधिमैत्री ऐनकानुन बनाउन, बनेकालाई समयानुकूल परिमार्जन गर्न र कार्यान्वयन गर्न प्रतिबद्ध रहेकाे बताउनु भयाे ।

सरकारी कामकाजमा कम्प्युटर तथा डिजिटल प्रविधि प्रयोग गर्न इन्टरनेट कनेक्टिभिटीको अपरिहार्यता रहेकाे र विद्यार्थीहरू पढ्नको लागि घन्टौँ हिड्नुपर्ने र महिनौंसम्म पुस्तक पढ्न नपाउने अवस्था छ । यस्तो अवस्थामा सुधार ल्याउन बागमती प्रदेश सरकार व्यवस्थित योजना बनाएर अघि बढ्ने प्रतिबद्वता गर्नु भयाे ।

डिजिटल पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न  बाकि रहेकाे र  दूरसञ्चार प्राधिकरणले प्रदेश सरकारको समन्वयमा काम हुनुपर्छ ।  जनतालाई सूचनाको सहज पहुँचको लागि सूचना बैंक बनाएकाे , त्यसलाई अझ विस्तार र थप व्यवस्थित बनाउने योजनामा रहेकाे मन्त्री श्रेष्ठले बताउनु भयाे ।

 

  • मिसन संवाददाता
  • -