जल तथा मौसम बिज्ञान आगामी मनसुन २०८० कस्तो हुन्छ: सिजनल पूर्वानुमान

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २१, २०८० १५:0९
जल तथा मौसम बिज्ञान आगामी मनसुन २०८० कस्तो हुन्छ: सिजनल पूर्वानुमान

काठमाडौं । जल तथा मौसम बिज्ञानले आगामी मनसुन २०८० कस्तो हुन्छ भनेर सिजनल पूर्वानुमान गरेकाे छ ।

जस अनुसार आगामी वर्षायाममा देशको अधिकाम्स भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाे छ । यश वर्ष सरदर वर्षा ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसमा पनि सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने भएकाे जल तथा मौसम बिज्ञानले अनुमान गरेकाे छ । त्यस्तै  मधेस प्रदेशको धेरै भाग, कोशी प्रदेश र बागमती प्रदेशका  केही भागमा भने औसत वर्षा हुने भएकाे छ।

आगामी मनसुनी सिजन असार देखि असाेज सम्म अधिक्तम तापक्रम पनि औसत भन्दा बढी हुने  सम्भावना रहेकाे छ । तापक्रम  ३५ देखि ५५ प्रतिशत रहने अनुमान जल तथा माैसम विज्ञान विभागका प्रवक्ता सुमन कुमार रेग्मीले जानकारी दिनु भयाे ।

कम वर्षा र बढी तापक्रमका कारण कृषि प्रणाली, वन सम्पदामा असर हुनेछ  । त्यस्तै खडेरीकाे सम्भावना बढ्ने र गर्मी अत्यधिक हुने आकलन गर्नुभयाे । नेपाल सरकार जल तथा माैसम विज्ञानले मनसुन सिजन २०८० जेठ १८ गते देखि असाेज १३ गतेसम्मकाे हावापानीकाे आकलन गरेकाे प्रेस नाेट सार्वजनिक गरेकाे हाे ।

  • मिसन संवाददाता
  • -