ओलीको घरमा भेटिए टोपबहादुर रायमाझी

  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख २२, २०८० १८:३८
ओलीको घरमा भेटिए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी  एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत अहिलेसम्म खोजतलास नै जारी रहेको  र रायमाझीबारे कुनै जानकारी नभएको बताउँछ । तर गाेप्य सूचनाका आधारमा रायमाझी ओलीनिवास बालकोटमा रहेकाे जानकारी प्राप्त भएकाे छ । यसबारे थप बोल्न नमानेकाे र आइतबार उहाँ आफैँ प्रहरीकहाँ उपस्थित हुने बताइएको छ ।

आफ्नो नाममा पक्राउ पुर्जी जारी भएयता रायमाझी कसैको सम्पर्कमा छैनन् । बिहीबार बिहान रुपन्देहीको भैरहवामा देखिएका रायमाझी त्यसयता गायब छन् । उनको फोनसमेत अफ छ ।

यसअघि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका  क्रममा उनले ‘रायमाझी बाटोमै समात्नुपर्ने मान्छे होइन’ भनेर भनेका थिए । ओलीको उक्त अभिव्यक्तिले रायमाझी प्रहरीले पक्राउ गरिसकेको जनाउँछ ।

रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । उनले अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका थिए ।

  • मिसन संवाददाता
  • -