मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

  • मिसन संवाददाता
  • आइतवार, बैशाख २४, २०८० १0:३0
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी हुनुभएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्नुभएको जनाइएको छ ।

  • मिसन संवाददाता
  • -