राज्यको हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने :अध्यक्ष प्रभु साह

  • मिसन संवाददाता
  • आइतवार, बैशाख २४, २०८० १९:४५
राज्यको हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने :अध्यक्ष प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

संविधान संशोधन गरेर भए पनि राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने उनले बताए । आजपा निकटको आम महिला मोर्चाको आज काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दैै पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले यस्तो बताएका हुन् । मुलुकको बिकास एवं समृद्धीका लागि महिलाको नेतृत्व समेत आवश्यक रहेको उनले बताए ।

‘३३ प्रतिशतले हुदैन्, राज्यको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनैपर्छ । संविधान संशोधन गरेर भए पनि राज्यको हरेक क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकामा बनाउँनुपर्छ’ अध्यक्ष साहले भने, ‘मुलुकलाई समृद्ध बनाउँन र बिकासको नेतृत्व अब महिला नेतृले लिनुपर्छ ।’

महिलाहरुले नेतृत्व गरेको ठाउँमा भ्रष्टाचार कम हुने, हुदैन नहुने बताउँदै उनले अब समृद्धीको नेतृत्व महिला नेतृले गर्नुपर्ने समय आएको बताए । मुलुकमा समृद्धी, सुशासनका लागि महिलाहरु अगाडी आउँनुपर्ने उनले सुझाए ।

मुलुकमा भ्रष्टाचार बढेको बताउँदै उनले सुशासन, समृद्धीका लागि अब गाउँ गाउँमा आम महिला मोर्चा गठन गरेर भ्रष्टाचारको बिरुद्धमा अभियान चलाउँन उनले निर्देशन दिए । सदस्यता वितरणसंगै संगठन निर्माणमा लाग्नुपर्ने उनले बताए ।

आम महिला मोर्चाका अध्यक्ष कुमारी बबिता साहको अध्यक्षता बसेको बैठकमा पार्टीका उपाध्यक्ष तिलक थापा, उपमहासचिव अरुण घिसिङ लगायतको बिशेष सहभागिता रहेको थियो । बैठकले महिला माथि भईरहेको विभद एवं हिंसा तथा मुलुकमा बढदो आर्थिक संकटको बिरुद्धमा संघर्षका कार्यक्रम सहित संगठन बिस्तारमा लाग्ने निर्णय गरेको महिला नेतृ सुमन यादवले बताईन् । यसैगरी ७ सय ५३ वटै पालिकामा आम महिला मोर्चाको संगठन निर्माण गर्ने कार्य अभियानको रुपमा अगाडी बढाउँने निर्णय भएको ।

  • मिसन संवाददाता
  • -