कक्षा १२ मा अध्ययनरत विद्यार्थीले परिक्षा शुल्क तिर्न नसकेर आत्महत्या

  • मिसन संवाददाता
  • सोमवार, बैशाख २५, २०८० १५:१९
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले  परिक्षा शुल्क तिर्न नसकेर आत्महत्या

 

काठमाडौं । धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

चैनपुर ७ का १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् । आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन ।

वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ । उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले प्रवेश पत्र दिएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका हुन् ।

पीडित परिवारले प्रधानाध्यापक इटनीकै कारण बयलकोटीले आत्महत्या गरेको दाबी गरेका छन् ।

 

  • मिसन संवाददाता
  • -