भुटानी शरणार्थी प्रकरणमा थप दुई पक्राउ, पक्राउ संख्या १० पुग्याे

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख २६, २०८० १८:४८
भुटानी शरणार्थी प्रकरणमा थप दुई पक्राउ, पक्राउ  संख्या १० पुग्याे

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेका छन् । केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप रहेकाे छ।

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। टोपबहादुर रायमाझी भने फरार नै रहेका छन ।

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख २६, २०८० १८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट