उत्तर प्रदेशमा चालीस बाँदर मृत फेला

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १, २०८० १९:0४
उत्तर प्रदेशमा चालीस बाँदर मृत फेला

भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला परेका हुन् । वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौं । हाम्रो टोलीले घटनास्थलमा थुप्रै तरबुजा र गुड़का टुक्रा फेला पारेको छ,” वन विभागका एक अधिकारीले भन्नुभयो । “मुख्यतः बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का गरिएको छ, पुष्टि हुन अझै बाँकी छ,” उहाँले भन्नुभयो । प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ र बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको छ । “घटनास्थलमा छरिएर रहेका खाद्य वस्तुमा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमूना सङ्कलन गरिएको छ,” उहाँले भन्नुभयो । यसैबीच, वन विभागका अधिकारीले केही शव परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन् ।

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १, २०८० १९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट