मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० 0७:0१
मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ सहित बर्षाकाे सम्भावना रहेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ ।

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले आज र भाेली हावाहुरी र वर्षाको सम्भावना रहेको हो ।

तीव्र गतिको हावाहुरीको सम्भावना भएको हुँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी सावधानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म बुधबार र बिहिवारका लागि अलर्ट जारी गरिसकेको छ । राजस्थानबाट उत्तराखण्डसम्म प्रभाव पार्ने प्रणालीकै असर नेपालमा पनि देखिन लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार  देशका धेरैजसो ठाउँमा बदलीसहित वर्षा र चट्याङको सम्भावना रहेको जनाएको छ ।

 

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० 0७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट