माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच भेट

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १२:४२
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच भेट

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ ।

आज  बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरूसँग भेट भएको  हो ।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै चिनियाँ  कम्युनिस्ट पार्टीको टोली आज बिहान  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो ।

  • मिसन संवाददाता
  • -